निर्यात प्रवद्र्धन गर्न नसक्दा सार्क राष्ट्रको आर्थिक अवस्था कमजोर भएको विश्व बैंकको ठहर
काठमाडौं,२६ चैत । दक्षिण एसियाली राष्ट्रहरूको निर्यात प्रवद्र्धनमा कमजोरी रहेका कारण आर्थिक वृद्धिको लक्ष्य भेटन विश्व बैकले ठहर गरेको छ । विश्व बैंकले सार्वजानिक गरेको पछिल्लो प्रतिवेदनले विगत दुई वर्ष यता दक्षिण एसियाभरि निर्यातभन्दा आयातको दर बलियो देखाएको छ ।
दक्षिण एसियमा सन् २०१७ मा १४ दशमलव ९ प्रतिशत र सन् २०१८ मा १५ दशमलव ६ प्रतिशत आयातमा वृद्धि भएको देखिन्छ । सन् २०१७ मा निर्यात ४ प्रतिशत र सन् २०१८ मा ९ दशमलव ७ प्रतिशतले वृद्धि भएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । सन् २०१७ मा निर्यातको अन्तर जीडीपीको २० प्रतिशत रहेको देखिन्छ । नेपालको सन्दर्भमा नेपालको कुल ग्रार्हस्थ उत्पादन ६ प्रतिशत हुने अनुमान गरिएको छ । नेपाल पर्यटनबाट बढी लाभान्वित हुने तथा सबैभन्दा धेरै सिमेन्ट उद्योगबाट सहयोग पुग्ने विश्व बैंकले जनाएको छ ।दक्षिण एसियाले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न निर्यातलाई थप प्राथमिकतामा राख्नुपर्ने विश्व बैंकले सुझाब दिएको छ ।