बजेट खर्च कम भएपछि मन्त्रालयहरुलाई अर्थले काट्यो पत्र– ‘नसक्ने भए आत्म समर्पण गर’
काठमाडौं, ५ बैशाख । अर्थमन्त्रालयले सबै मन्त्रालयहरुलाई समयै बजेट खर्च पत्राचार गरेको छ। बजेट खर्च सन्तोषजनक नभइरहेको अवस्थामा मन्त्रालयले आज लिखित रुपमै बजेट खर्च गर्न र नसक्ने भए आत्मसमपर्ण गर्न पत्रमार्फत आग्रह गरेको हो ।
अर्थ मन्त्रालयले बजेट बिनियोजन भएसँगै बजेट खर्च गर्न सम्बन्धि मन्त्रालयलाई आग्रह गर्दै आएको थियो । मन्त्रालयले बजेट खर्चमा जोड दिन थुप्रै नीतिगत सहजता प्रदान गर्दा पनि विगतकै जस्तो श्रृङखला दोहोरिनु दुखद भएको बताएको छ।