Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एकैपटक सुधार गर्नखोज्दा उद्योगीलाई समस्या पर्याेः अर्थमन्त्री खतिवडा

एकैपटक सुधार गर्नखोज्दा उद्योगीलाई समस्या पर्याेः अर्थमन्त्री खतिवडा

काठमाडौं, ५ असोज । अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग क्षेत्रको सुधार एकैपटक गर्नखोज्दा उद्योगी तथा व्यवसायीहरुलाई समस्या परेको स्वीकार गरेका छन् । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंको प्रथम साधारण सभा उद्घाटन कार्यक्रममा मन्त्री खतिवडाले सरकारले उद्योग क्षेत्रकै हितका लागि एकैपटक धेरै सुधार गर्न खोजेकाले व्यवसायीलाई केही असहज भएको बताएका हुन् ।

उनले विरामीलाई पनि एकैपटक धैरै एन्टिवायोटिक दिएमा केही समय असहज हुने तर केही बेरमै ठीक हुने भन्दै उद्योग क्षेत्रमा पनि दिर्घकालीन सुधारका लागि सरकारले उद्योग क्षेत्रका नीति निर्देशिकामा नै कडाई गरेको जानकारी दिए । योभन्दा पहिले कर र भन्सारमा छुट दिँदा बस्तु आयात गर्ने उद्योग मात्र फस्टाएकोले अब त्यस्तो हुन नदिन निर्यातलाई प्रोत्साहन गरेको पनि उनले बताए । उनले स्वदेशमा भएकै कच्चा पदार्थ प्रयोग गरेर उत्पादन भएका बस्तुहरु अन्य मुलुकमा निर्यात गर्दा सरकारले प्रयाप्त छुट दिएकोले व्यवसायीहरु हतोत्साहित भईहाल्ने अवस्था नभएको जानकारी दिए । त्यस्तै पछिल्लो समयमा उद्योगीहरु आयातमा रमाएकोले निर्यात घट्दै गएकोमा मन्त्री खतिवडाले चिन्ता व्यक्त गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले आर्थिक सशक्तिकरणमा जोड दिनु पर्ने बताइन् । अबको एजेण्डा आर्थिक समृद्धिको भएकाले नेपालका राजदुतहरुले अन्यदेशमा गएर कुटनीतिक कुरामाभन्दा आर्थिक क्षेत्रलाई सुदृढ कसरी गर्न सकिन्छ भनेर पहलग गर्नुपर्ने उनको भनाई थियो ।

त्यस्तै नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले नेपाली उद्योगमा लगानी सन्तोषजनक नभएको र उत्पादकत्व लागत पनि बढी भएको तथा यस्ता उद्योगले प्रतिस्पर्धी क्षमता वृद्धि गर्नुपर्ने आवश्यक रहेकाले सरकारले त्यसतर्फ ध्यन दिनुपर्नेमा जोड दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x