Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

फस्र्ट माइक्रोफाइनान्सद्वारा १७ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित

फस्र्ट माइक्रोफाइनान्सद्वारा १७ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित

काठमाडौं, २८ असोज । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई १७ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । काठमाडौंमा मंगलबार सम्पन्न कम्पनीको १० औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेकोे हो ।

संचालक समितिबाट प्रस्ताव गरे अनुसार चुक्ता पुँजीबाट ११ करोड ६३ लाख रुपैयाँभन्दा बढीको बोनस सेयर वितरण गर्न लागिएको कम्पनीले जनाएको छ । त्यस्तै सभाले ६१ लाख २३ हजार ५ सय २३ रुपैयाँ नगद लाभांश कर प्रयोजनका लागि राखिएको सामान्य प्रस्ताव पनि पारित गरेको छ ।
त्यसैगरी सभाले कम्पनीको आर्थिक वर्ष २०७६÷७७ को लोखापरीक्षणका लागि लोखापरीक्षक युद्धराज ओलीलाई नै नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५÷७६ मा खुद नाफा १३ करोड २४ लाख ७१ हजार रुपैयाँ गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.५८ प्रतिशत बढी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x