Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

३२ जिल्लामा बिहान ७ बजेदेखि मतदान शुरु

३२ जिल्लामा बिहान ७ बजेदेखि मतदान शुरु

काठमाडौं, मंसीर १० । हिमाली तथा उच्च पहाडका ३२ जिल्लाहरुमा पहिलो चरणको निर्वाचन शुरु भएको छ । आज हुने निर्वाचनबाट ३७ संसद् सदस्य तथा ७४ प्रदेशसभा सदस्य चयन हुने निर्वाचन आयोगले जनाएको छ भने समानुमातिक मतदानतर्फ देशभरीबाट प्राप्त मतलाई एउटै निर्वाचन क्षेत्र मानेर गणना गरिने हुँदा मतदाताहरुले समानुपातिकतर्फ पनि मतदान गर्नेछन् । मतदाताहरुले संसद् सदस्य, प्रदेशसभा सदस्य तथा समानुपातिक गरी तीनओटा मतपत्रमा मतदान गर्नेछन् । संसद् सदस्य र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनका लागि दुईओटा मतपत्र र समानुपातिक तर्फका लागि दुवै निर्वाचन (प्रदेश र प्रतिनिधिसभा) लाई एउटा मतपत्र रहने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निर्वाचन ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ ।
नयाँ संविधानको प्रावधान अनुसार संविधान कार्यान्वयनका लागि माघ १५ सम्म दुवै निर्वाचन भईसक्नुपर्ने भएकाले दुवै निर्वाचन एकैसाथ गरिएको हो । आज निर्वाचन भइरहेका जिल्लाहरु, सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोर्खा, रुकुमको पूर्वी र पश्चिमी भाग, रोल्पा, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, बैतडी, बझाङ, बाजुरा र दार्चुला छन् । निर्वाचनमा कुल ३१ लाख ९१ हजार नौ सय ४५ जनाले २ हजार नौ सय १९ मतदान केन्द्रबाट मतदान गर्नेछन् । निर्वाचनमा संसद् सदस्यतर्फ २८२ र प्रदेशसभा सदस्यतर्फ ४२० उम्मेद्वार छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x