Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

यात्रु नपाएपछि निगमले घटायो ओशाका उडान तालिका

यात्रु नपाएपछि निगमले घटायो ओशाका उडान तालिका

काठमाडौं १८ भदौ । नेपाल वायुसेवा निगमले जापान ओशाका उडान तालिका घटाएको छ । यात्रु नपाएपछि निगमले साताको दुई दिनमात्रै उडान भर्ने भएको छ । निगमले साताको तिनवटा उडान भर्ने बताएको थियो । निगमले गत भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान शुरु गरेको हो ।
निगमले अव देखि मङगलबार र शनिबार मात्र उडान गर्नेछ । यसअघि सातामा मङलबार, आइतबार र शनिबार उडान गर्ने कार्यतालिका थियो ।

ओसाकास्थित कन्साई इन्टरनेशनल विमानस्थलमा निगमको २७४ सिट क्षमताको वाइड बडी ए–३०३०–२०० जहाजले पहिलो उडान गरेको थियो । त्यसयता जम्मा तीन उडान भएका छन् । पर्याप्त मात्रामा यात्रु नभएकाले उडान तालिका संशोधन गरी सातामा दुई दिन मात्रै ओसाका उडान गरिने निगमका सहायक प्रवक्ता सुलेख मिश्रले बताएका छन् ।

निगमले सन् १९९४ देखि २००७ सम्म ओसाका उडान गरेको थियो । तत्कालिन समयमा निगमले काठमाडौ, सांघाई, ओशाका उडाउँने गरेको थियो । तर, प्राविधिक समस्याका कारण निगमले उडान सस्सपेण्ड गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x