४ अनुसन्धानकर्ता ‘नबिल विज्ञान प्रविधि पुरस्कार’बाट सम्मानित
काठमाडौं, २२ मंसिर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले ४ जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ प्रदान गरिएको छ । गत शुक्रबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा नास्टका सहकुलपति गिरीराजमणी पोखरेलले अनुसन्धानकर्ताहरु प्रा.डा. परशुराम मिश्र, प्रा.डा. विद्या श्रेष्ठ, डा.श्याम प्रसाद डुम्रे र डा.प्रतिभा पाण्डेलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।
नविल बैंकको नामबाट स्थापित ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’को राशि प्रति व्यक्ति एक लाख २५ हजार रुपैयाँ रहेको छ । त्यस्तै कार्यक्रममा २६ जना अनुसन्धानकर्ताहरुलाई विभिन्न पुरस्कारहरु प्रदान गरिएको थियो ।