Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कोरोनाले थलाएको अर्थतन्त्र उकास्न अमेरिका र ब्रिटेनको राहत योजना

कोरोनाले थलाएको अर्थतन्त्र उकास्न अमेरिका र ब्रिटेनको राहत योजना

काठमाडौं, ५ चैत । अमेरिका र ब्रिटेनका सरकारले कोरोनाभाइरस सङ्क्रमणबाट अर्थतन्त्रमा पर्ने क्षतिलाई राहत दिन ठूलो राहत योजना घोषणा गरेका छन्।

अमेरिकी सरकारले १० खर्ब डलरको आर्थिक राहत कार्यक्रम ल्याउन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यस्तै ब्रिटेनले पनि प्रभावित व्यवसायहरूलाई झन्डै ४ सय अर्ब डलरको ऋण जमानी दिने घोषणा गरेको छ।

अमेरिकी अर्थमन्त्री स्टीभ मनूशिनले झन्डै १० खर्ब डलरको आर्थिक राहत कार्यक्रम ल्याउन आवश्यक विधेयक पारित गर्न आफूले छिट्टै कांग्रेसमा छलफल गर्ने बताइएको छ।

चीनबाट फैलिएको यो भाइरसबाट हाल विश्वभरि झन्डै २ लाख मानिस सङ्क्रमित भएका ेर झन्डै ८ हजारको ज्यान गुमाइसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x