Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

७३.२८ प्रतिशतले घटे अन्तर्राष्ट्रिय हवाई यात्रु

७३.२८ प्रतिशतले घटे अन्तर्राष्ट्रिय हवाई यात्रु

काठमाडौं, १६ भदौ । कोभिड–१९ महामारीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको संख्या उल्लेख्य मात्रामा घटेको छ । अन्तर्राष्ट्रियतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष (आव)मा हवाई यात्रुको संख्या ७३ दशमलव २८ प्रतिशतले घटेको नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्राधिकरणको प्रतिवेदनअनुसार सन् २०१९ मा अन्तर्राष्ट्रिय उडानतर्फ हवाई यात्रु संख्या ४१ लाख ३८ हजार ५६३ थियो भने सन् २०२० मा यो संख्या ११ लाख ५ हजार ९२९ मा सीमित रहेको छ । त्यसैगरी आन्तरिक उडानतर्फ पनि अघिल्लो वर्षको तुलनामा ५९ दशमलव ४६ प्रतिशतले घटेको छ । सन् २०१९ मा ३१ लाख ८८ हजार ४२९ हवाई यात्रु आवागमन भएकोमा सन् २०२० मा यो संख्या ५९ दशमलव ४६ प्रतिशतले घटेर १२ लाख ९२ हजार ५२१ कायम भएको छ ।

कोभिड महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले ठूला नोक्सानी बेहोर्नुपरेको छ । यसमध्ये पनि सबैभन्दा बढी असर हवाई क्षेत्रमा परेको छ । प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रगति विवरणमा महामारीका कारण प्राधिकरणको आम्दानी अघिल्लो आवमा ४३ प्रतिशत र गत आवमा ७२ प्रतिशतले घटेको उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x