Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

रसुवागढी र सान्जेनको आइपीओ आउँदै

रसुवागढी र सान्जेनको आइपीओ आउँदै

काठमाडौं, २५ माघ । नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनी लिमिटेडको मुख्य प्रवद्र्वकत्वमा स्थापित रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोष र कम्पनी तथा कोषका कर्मचारीहरुका लागि सेयर जारी गर्ने भएका छन् ।
कम्पनीले रसुवा जिल्लामा निर्माण भइरहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना निर्माणका लागि वित्तिय व्यवस्थापन गर्न कम्पनीको स्वपुँजी अन्तर्गतको सर्वसाधारण समूहका सेयरधनीलाई छुट्याइएको ४९ प्रतिशत मध्ये पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत र कम्पनीका संस्थापक संस्थाहरु (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका सम्बन्धित स्थानिय तह) का कर्मचारीहरुका लागि ३.५ प्रतिशत तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष) का कर्मचारीहरुका लागि १ प्रतिशत गरी जम्मा २४ प्रतिशत सेयर निष्काशन गर्न लागिएको छ ।

कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेसम्म बहाल रहेका र त्यसपछि नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भएको मिति २०७४ पुस २० सम्ममा थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले हाल निष्काशन गर्न लागिएको सेयरमा आवेदन दिन सक्नेछन् । यस प्रयोजनका लागि २०७४ माघ २८ गते आव्हानपत्र निष्काशन गर्ने तथा निम्न बमोजिमको समयमा सेयर आवेदन गर्न सकिने गरी सो को व्यवस्था मिलाउने कम्पनीको योजना रहेको छ ।

कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता कर्मचारीहरुको लागि छुट्याइएको १०० रुपैंया अंकित दरका १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता लागि २०७४ फागुन ११ गते देखि फागुन ३० सम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका संस्थापक संस्थाहरु (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका सम्बन्धित स्थानिय तह) का कर्मचारीहरुको लागि छुट्याइएको १०० रुपैंया अंकित दरका २३ लाख ९४ हजार ७३५ कित्ता सेयर तथा ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष) का कर्मचारीहरुका लागि छुट्याइएको १०० रुपैंया अंकित दरका ६ लाख ८४ हजार २१० कित्ता सेयरका लागि मिति २०७४ चैत ५ देखि २०७४चैत्र १३ सम्म आवेदन दिन सक्ने। कम्पनीले जनाएको छ ।

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरु र संस्थापक संस्थाका कर्मचारीहरुले न्युनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यसैगरि, कर्मचारी सञ्चय कोषका कर्मचारीहरुले न्यूनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम २५०० कित्ता सम्म सेयरमा आवेदन दिन सक्ने छन् ।
कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित रसुवाबासीलाई छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता सेयर र अन्तिम चरणमा सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत अर्थात १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर निश्कासन गर्नेछ ।

यस कम्पनीको अधिकृत पूँजी ७ अर्व रुपैयाँ तथा तथा जारी पूँजी ६ अर्व ८४ करोड २१ लाख रुपैँया रहेको छ । कम्पनीका संस्थापक सेयरधनी समूहले कबोल गरेको ५१ प्रतिशत अर्थात १०० रुपैँया अंकित दरका ३ करोड ४८ लाख ९४ हजार ७१० कित्ता सेयरको रकम चुक्ता गरिसकेका छन् ।
कम्पनीले ५० प्रतिशत स्वपूँजी र ५० प्रतिशत ऋण रकमबाट आयोजना निर्माणको लागि आवश्यक वित्तीय व्यवस्था गरेको छ ।

त्यसैगरी सान्जेन जलविद्युत् कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरु (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका तत्कालिन जिविस र गाविसहरु) का कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष)का कर्मचारीहरुका लागि छुट्टयाइएको सेयर निश्कासन गर्न लागेको छ । उनीहरुका लागि क्रमश: १९.५, ३.५ र १ प्रतिशत सेयर छुट्याइएको छ । कम्पनीले ४९ प्रतिशत साधारण सेयर मध्ये सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई छुट्याइएको २४ प्रतिशत अर्थात ८७ करोड ६० लाख रुपैयाँ बराबरको सेयर पहिलो चरणमा निश्कासन गर्न लागिएको हो । दोस्रो चरणमा आयोजना प्रभावित रसुवाबासीलाई छुट्याएको १० प्रतिशत सेयर र अन्तिम चरणमा मुलुकभरका सर्वसाधारणका लागि छुट्याएको १५ प्रतिशत सेयर निश्कासन गरिने छ ।
कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेमा बहाल रहेका र त्यसपछि विवरणपत्र स्वीकृत भएको २०७४ मंसिर २६ सम्ममा थप भएका संचयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले सेयरमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
सञ्चयकर्ताहरुका लागि छुट्याएको ७१ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको सेयरका लागि सञ्चयकर्ताले ११–३० फागुन, २०७४ सम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । कर्मचारी संचय कोषका संचयकर्ताहरु कर्मचारीहरुले न्युनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ३०० कित्तासम्म आवेदन दिन मिल्ने बताइएको छ ।

यस कम्पनीको संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुलाई १२ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर छुट्याइएको छ । र संस्थापक संस्थाका कर्मचारीहरुले न्यूनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ३०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसैगरि, कर्मचारी संचय कोषका कर्मचारीहरुले न्यूनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्ता सम्म सेयरमा आवेदन दिन सक्ने छन् । उनीहरुका लागि ३ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर छुट्याइएको छ ।

सान्जेन जलविद्युत कम्पनी लिमिटेडको अधिकृत पूँजी ३ अर्ब ७५ करोड तथा जारी पूँजी तीन अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीमा चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३९.३६ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १०.३६ प्रतिशत, रसुवाका स्थानीय तहको १.२८ प्रतिशत संस्थापक सेयर छ । कम्पनीले निर्माण गरिरहेको माथिल्लो सान्जेन (१४.८ मेगावाट) र सान्जेन (४२.५ मेगावाट) जलविद्युत आयोजनाको अनुमानित लागत क्रमश: दुई अर्ब २२ करोड र पाँच अर्ब २ करोड रुपैयाँ छ । यो रकम ५० प्रतिशत स्वपूँजी र ५० प्रतिशत ऋणबाट लगानी जुटाईने ब्यबस्था गरीएको छ ।
हालसम्म समग्रमा माथिल्लो सान्जेनको ६८ प्रतिशत र सान्जेनको ५८ प्रतिशत काम सकिएको छ । माथिल्लो सान्जेनबाट अप्रिल २०१९ बाट विद्युत उत्पादनको लक्ष्य राखिएको छ । सान्जेनको भने नेपाल विद्युत प्राधिकरणले निर्माण गर्नु पर्ने चिलिमे हव–त्रिसूली ३ बी २२० केभी प्रसारण लाइनसँग समन्वय गरी काम अगाडि बढिउनु पर्ने रहेकोले उक्त प्रशारण लाईन निर्माण हुने अबधि जुन—जुलाई २०१९ सम्म यस आयोजनाको पनि निर्माण कार्य सक्ने गरी निर्माण कार्य अगाडी बढाईएको छ । सान्जेन माथिल्लोबाट वार्षिक रुपमा ८ करोड २४ लाख र सान्जेनबाट २४ करोड १८ लाख युनिट विद्युत उत्पादन हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x