Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

विश्व बैंकको सहायता बढाउन अर्थमन्त्रीको पहल, बोर्ड बैठकमा सहभागी हुँदै

विश्व बैंकको सहायता बढाउन अर्थमन्त्रीको पहल, बोर्ड बैठकमा सहभागी हुँदै

काठमाडौं, १९ साउन । विश्व बैंकले नेपाललाई दिदैं आएको सहायता बढाउन अर्थमन्त्री डा. युवराज खतिवडाले पहल थालेका छन् । विश्व बैंकसँग छलफलका लागि अमेरिका प्रस्थान गर्नुअघि शुक्रबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री खतिवडाले विश्व बैंक समूहको इन्टरनेशनल डेभलपमेन्ट एजेन्सीमार्फत् प्रदान हुँदै आएको बजेट सहयोग थप वृद्धि गर्ने विषयमा विश्व बैंकको बोर्ड बैठकमा छलफल हुने बताए । ‘हामीले विश्व बैंकसँग सहयोग बढाउन अनुरोध गरेका थियौं,’ उनले भने, ‘बोर्ड बैठकमा नेपालको अर्थमन्त्री नै उपस्थित भएर नेपालमा थप सहयोग आवश्यकताबारे प्रस्तुतीकरण होस् भनेर उनीहरुले चाहेका छन् ।’
उनले अमेरिकी दूतावासको आयोजनामा अमेरिकी सरकारका अधिकारीहरु, त्यहाँको निजी क्षेत्र, गैर आवासीय नेपाली लगायत सहभागी हुने ‘नेपाल डे’ मा सहभागी भएर निजी लगानीकर्तालाई समेत सम्बोधन गर्ने जानकारी दिए ।
अर्थमन्त्री खतिवडाले विश्व बैंक समूहका इन्टरनेशनल बैंक फर रिकन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट, मल्टिल्याटरल इन्भेस्टमेन्ट ग्यारेन्टी एजेन्सी (मिगा), अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) लगायत सबैसँग उपयुक्त हुने सहयोगका लागि पहल हुने बताए । विश्व बैंकले नेपाललाई डेभलपमेन्ट पोलिसी क्रेडीटको रुपमा हरेक वर्ष १० अर्ब रुपैँयाको बजेटरी सहयोग प्रदान गर्दै आएको छ । चौथो चरणको बजेटरी सहयोग आगामी तीन वर्षका लागि नवीकरण भैसकेको छ । अर्थमन्त्री खतिवडाले विश्व बैंकले नेपालमा संघीयता कार्यान्वयन र यसअनुकुलका विकास आवश्यकतालाई दृष्टिगत गर्दै राष्ट्रिय साझेदारी रणनीति तयार गर्दै गरेको र नयाँ जनमतसहित पाँच वर्षका लागि आएको सरकारका नीति र कार्यक्रम अनुकुल राष्ट्रिय साझेदारी रणनीति तयार भएकाले यसका लागि थप सहयोग समेत आवश्यक पर्ने भन्दै लगानी नबढाई अपेक्षित दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न नसकिने भन्दै पूर्वाधार क्षेत्रमा सरकारकातर्फबाट ठूलो लगानी आवश्यक परेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x